कांग्रेस गण्डकीका सांसदले १५ दिनको तलव भूकम्प पीडितलाई सहयोग गर्ने

पाेखरा | कात्तिक २१, २०८०

कांग्रेस गण्डकीका सांसदले १५ दिनको तलव भूकम्प पीडितलाई सहयोग गर्ने

पोखरा:   नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलको बैठकले प्रदेश सांसदहरुको १५ दिनको तलव भूकम्प पीडित राहत कोषमा सहयोग गर्ने भएको छ । 


पोखरामा आज (मंगलबार) बसेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको पदाधिकारीको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुको १५ दिनको तलव भूकम्प पीडित राहत कोषमा पठाउने निर्णय गरेको हो । 


नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तीमा भूकम्प पीडित राहत कोषमा प्रदेश सांसदको १५ दिनको तलव सहयोग गर्ने उल्लेख गरिएको छ । यस्तै नेकपा एमालेका गण्डकी प्रदेश सांसदहरुले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने बताएका छन् । 


कात्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ठूलो क्षति भएको छ । 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्